बुटवलमा कुटपिटबाट एकको मृत्यु

काठमाडाैं | पुस २३, २०७९

बुटवलमा कुटपिटबाट एकको मृत्यु

काठमाडौं:  बुटवलको बेलबासमा एक जनाको हत्या भएको छ। स्थानीय केही युवाहरूको समूहले आक्रमण गर्दा स्थानीय ५५ वर्षीय यमप्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ।


नेपाल बुटवल–१३ जितगढी नागरिक टोलका हुन्।


केही दिनयता उत्पन्न घरायसी विवादले उग्र रूप लिँदा यमप्रसादको मृत्यु भएको प्रहरीले जनाएको छ। उनका दुई छोराहरू दिवस र दिपेश घाइते भएका छन्।


प्रहरीका अनुसार स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा शुक्रबार साँझ यमप्रसादको घर गई ५र७ जनाको समूहले आक्रमण गरेका थिए। गम्भीर घाइते भएका यमप्रसादको बेलबासस्थित एडमण्ड सिटी अस्पतालमा मृत्यु भएको हो।


घरायसी विवादपछि बिहीबार दिपेशले प्रहरीमा मौखिक उजुरी दिएका र घरमै मिल्ने भनेपछि निवेदन फिर्ता गरेका प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले शुक्रबार छलफल गर्ने भन्दै घरमा पुगेको ५र७ जनाको समूह एक्कासि कुटपिटमा उत्रिएपछि घटना भएको बताए।


उक्त समूहको आक्रमणबाट बेहोस भएका यमप्रसादलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। लगत्तै उनलाई अस्पतालले मृत घोषणा गरिएको थियो।


प्रहरी नायब उपरीक्षक थापाले कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको र संलग्न अरूको खोजी भइरहेको जानकारी दिए।

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

थप पढ्नुहोस्

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्